पोखरा, पुस २७ गते । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्क मा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका माननिय प्रकाश बरालले “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्य र सिद्धान्तमा रहेर सहकारीलाई संचालन गर्नु पर्ने” बताएका । गाउँघरमा घर खर्च चलाउन छोरा छोरी पढाउन देखी विदेश पठाउन पनि सहकारीको भर पर्ने गरेको स्मरण गर्दै, सहकारीले आफ्ना सदस्यहरुको सहयोगका लागि नयाँ योजना ल्याउन पर्नेमा जोड दिए । उनले सहकारीले शेयर सदस्यहरुको बचत रकम कस्तो क्षेत्रमा लगानि गरेको छ, लगानिको बारेमा शेयर सदस्यहरुलाई बुझ्न आग्र्रह गरे ।
पोखरा महानगर पालिका वडा न ६ का पूर्व वडा अध्यक्ष तथा पहारी कुल संरक्षण समितिका राष्ट्रिय अध्यक्ष जगत बहादुर पहारीले सहकारीलाई सफल र सक्षम बनाउनका लागि सम्र्पूण सदस्यहरुले आफ्नो सहकारीमा कारोबार गर्ने आग्रह गरे । सरकारले सहकारीलाई ब्यवस्थित बनाउनका लागि सहकारी ऐन र नियमावली लाई कडाइ साथ लागु गर्नु पर्नेमा जोड दिए ।
अध्यक्ष नारायण पहारीले सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पुजिलाईलाइ गाउँमा लैजाने उदेश्यले सहकारी स्थापना भएको बताए । शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजना गरि सदस्यहरुको सुखी सम्वृद्दि बनाउने आफ्नो परिकल्पना रहेको सुनाए । अध्यक्ष पहारीले सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने बताए ।
प्राधापक तथा शेयर सदस्य दिपेन्द्र पहारीले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जिवन स्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताए । मयूर बहुउद्दिश्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिनराज खडकाले सस्थाका शेयर सदस्यहरुले सहकारीले दिएको बोनस लाई मात्र महत्व दिन नहुने बताए ।
२०७५ सालमा स्थापना भएको सहकारीमा ३ करोड ४ लाख १६ हजार ७ सय शेयर पुजि रहेको छ । ७ करोड १ लाख ४२ हजार ३० रुपैया भन्दा बढी लगानि गरेको सहकारीमा ४ करोड ८२ लाख २२ हजार ७ सय २४ रुपैया निक्षेपमा रहेको कार्यक्रममा सुनाइयो ।
अध्यक्ष नारायण पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीलाई सहयोगर्ने, असल ऋणी, नियमित बचत कर्ता र असल कर्मचारी लाई सम्मान गरिएको अध्यक्ष पहारीले बताए ।
सचिब दुर्गादत्त अधिकारी प्रगति प्रतिबेदन र कोषाअध्यक्ष सनोज पहारी ले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभामा सर्वसम्मत पारित गरिएको थियो ।
सचिब दुर्गादत्त अधिकारी प्रगति प्रतिबेदन र कोषाअध्यक्ष सनोज पहारी ले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभामा सर्वसम्मत पारित गरिएको थियो ।