पाेखरामा ब्याक टु नाईन्टिज कार्यक्रमकाे तयारी

पाेखरा, माघ १३ गते।पाेखरामा ‘ब्याक टु नाईन्टिज, विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयाेजना हुने भएकाे छ ।

पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा यही माघ २६ गते शनिबार कार्यक्रम आयाेजना गर्न लागिकाे आज पाेखरामा आयाेजित पत्रकार सम्मेलन गरेर जानकारी दिइएकाे छ ।

‘ब्याक टु नाईन्टिज, विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको सगर्व घोषणा गर्दछौ पाेखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष हर्कराज गुरुङले बताउनुभयाे ।

 

गण्डकी प्रदेशको कला, साहित्य, संगीत र संस्कृतिको विकास, विस्तार, सम्बर्द्धन र प्रवर्द्धनका लागि क्रियाशिल गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ र सहयोगमा हुने कार्यक्रम माघ २६ गते शनिबार सांझ ५ बजेदेखि ९ बजेसम्म पोखरा-९ नयाबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ अध्यक्ष गुरुङले बताउनुभयाे ।

 

कार्यक्रममा पोखरेली व्याण्डहरु कन्दरा विवेक श्रेष्ठ, डि- मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ, लेकाली व्याण्ड (नवीन गुरुङ र भाई गुरुङ, देउराली व्याण्ड शान्त बज्राचार्य, बोसिस व्याण्ड प्रकाश राना, मध्याह्न व्याण्ड कर्णदास र कुमार गुरुङ र भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ को प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइयाे ।

 

पोखरा व्याण्डहरुको राजधानीकाे रुपमा चिनिन्थ्याे। ९० को दशकमा पोखराका व्याण्डहरुले देश, विदेशमा आफ्‌नो कला र सगीतमार्फत ध्यान तानेका थिए । समय अन्तरालमा आ-आफ्‌नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान विस्तारै सुस्ताउदै गयो। तर फेरी एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएको बताउदै त्यहि विरासत फर्काएर संगीतमार्फत विश्वको ध्यान एकपटक फेरी पोखरातिर तानेर पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको दाबी आयाेजकले गरेकाे छ ।

 

कायक्रमको मुख्य उद्देश्य मुमुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्नु, पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु रहेकाे छ।

यसैगरी कार्यक्रममार्फत पोखरालाई रिव्राण्डिङ गर्ने, गीत, सगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुर्व्यसनबाट जोगिन युवालाई सगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै स‌द्भावको पक्षपोषण गर्नेलगायतका उद्देश्यले कार्यक्रम हुन लागेकाे गण्डकी प्रदेशका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

 

कार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्नेछन् उहाँले भन्नुभयो, जसले परिवारसंगको माया थप प्रगाढ बनाउने तथा आफ्‌नो सन्ततीलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्नेछ भन्नेमा हामी विश्वस्त छौ ।

 

कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमितिपनि गठन गरेर कार्यक्रमको तयारी शुरु भइसकेको आयाेजकले जनाएको छ ।

 

कार्यक्रम सम्पन्न गर्न करीब २५ लाख खर्च हुने अनुमान गरिएको छ भने ३ लाख बचत गर्ने लक्ष्य लिइएको छ। बचत रकम कलाकार अक्षयकोषमा राखिएकाे प्रचारप्रसार संयाेजक सन्देश श्रेष्ठले बताउनुभयाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...