कास्की जिल्ला टी—२० क्रिकेट लिग साग्रिला र कास्की क्रिकेट विजयी

पोखरा, माघ /क्रिकेट क्लबले अर्जुन कुमालको अविजित ९४ रनको योगदानमा अरण्यज्योति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको अरण्यज्योतिले चौथो नम्बरमा आएका प्रविन पौडेलले अविजित शतकीय पारीको योगदानमा १६३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।१० चौका र ८ छक्काको सहयोगमा ५२ बल खेलेका पौडेलले १०५ रनको शतकीय पारी खेले । तर उनको शतक हारले ओझेलमा पार्यो । प्रिजन श्रेष्ठले २४ रन बनाए । अन्य व्याटरको योगदान खासै राम्रो रहेन् । नितेश गिरीले ४ओभरमा ३ मेडन राख्दै ७ रन खर्चिएर तीन विकेट लिए । विश्वास पराजुलीले ४ ओभरमा ३२ रन दिदैं २ विकेट आफनो नाममा लेखाए।


१६४ रनको विशाल लक्ष्य पछ्याएको कास्की क्रिकेट क्लबले अर्जुन कुमालको उत्कृष्ठ व्याटिङ फेरी एक पटक पोखरा क्रिकेट मैदानमा देखियो । उनले ९४ रन नटआउट खेले । ५४ बल खेलेको उनले १४ चौका र दुई छक्का प्रहार गरे । उनको महत्वपूर्ण इनिङमा तीन विकेटको क्षतिमा कास्कीले जित आत्मसात गर्यो । सफल श्रेष्ठले २४, विष्णुप्रसाद शर्मा १६ रन बनाए भने विश्वास पराजुली १२ रनमा नटआउट रहे । खेलमा अर्जुन प्लयेर अफ दि म्याच घोषित भए । उनले प्राप्त गरेको ट्रफी अरण्यज्योतिका शतक पुरा गरेको पौडेललाई हस्तान्तरण गरे ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिताको मंगलबारको दोस्रो खेलमा सांग्रिला क्रिकेट क्लबले पोखरा क्रिकेटक्लबलाई २ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको पोखरा क्रिकेट क्लबले सुवास भण्डारीको अर्धशतक मद्धतमा १४४ रनको योगफल तयार पार्यो । रोशन पौडेलले ओपनिङ गर्दै २८ रन बनाए । अर्का ओपनर ईशान श्रेष्ठले १४ रन बनाए । चौथो नम्बरका सुवास भण्डारीले ६२रन बनाउने क्रममा ४९ बल खेल्दै ८ चौका र १ छक्का व्याटबाट निस्कियो । अन्य व्याटरको योगदान दोहोरो अंकको स्कोर बनाउन चुके । भुवन रेग्मीले तीन विकेट लिन ४ ओभरमा केवल ७ रन खर्चिए ।

सुदिप पौडेलको अविजित ६१ रनमा सांग्रिला क्रिकेट क्लबले १६४ रनको लक्ष्यलाई ८ विकेटको क्षतिमा पुरा गर्दै जित निकाल्यो । ४५ बल खेल्ने क्रममा ४ चौका र २ छक्का उनको इनिङमा सामेल रह्यो । अरुण अधिकारीले २४ र आदर्श झाले १८ रनको योगदानमा जितको आधार तयार भयो । प्रेम गुरुङ, अनिष धामी र सुवास भण्डारीले समान दुई दुई विकेट लिए । खेलमा सुदिप प्लयेर अफ दि म्याच घोषित भए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...