सिधानेका विद्यार्थीलाई अस्ट्रेलिया निवासी गुरुङले गरे शैक्षिक तथा खेलकुद सामाग्री वितरण


पोखरा । पोखरा महानगरपालिका वडा नं. २३ मा अवस्थित सिधाने आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका चन्द्र प्रकाश गुरुङले उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् । अस्ट्रेलिया रहेका गुरुङ पोखरा २३ सिधानेकै वासिन्दा हुन् ।

गुरुङ हालै सम्पन्न पोखरा म्याराथन दौडमा भाग लिन पोखरा आएका थिए । उनले आफ्नो जन्मस्थान सिधानेमा हुने गरेका विकासका कार्यक्रममा सहयोग गर्दै आएका छन् । समाजका लागि आफु निरन्तर सहयोग गर्दै जाने समेत गुरुङको प्रतिवद्धता छ । उनीसँगै उक्त विद्यालयका विद्यार्थीहरुलाई इश्वर घले, दिनेश गुरुङ, भुपाल गुरुङ (हाल हङकङ) ले समेत सहयोग गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...