मतपत्रमा उम्मेदवारकाे नाम छुटेपछि पृथ्वीनारायण क्याम्पसमा सुरु भएन मतदान

पाेखरा, चैत ५ गते ।पाेखराकाे पृथ्वीनारायण नारायण क्याम्पसमा मतदान सुरु हुन सकेकाे छैन।

मतपत्रमा एक जना उम्मेदवारकाे नाम छुटेपछि मतदान सुरु हुन नसकेकाे हाे । मतपत्र फेरि छापेर ल्याइएपछि मतदान सुरु हुने छ ।मतदान सुरु हुन समय लाग्ने निर्वाचन कमिटीले जनाएकाे छ ।मतदानका लागि बिहान ८ बजेकाे समय ताेकिएकाे थियाे ।

पाेखराका इन्जिनियरिङ क्याम्पस,  वनबिज्ञान र नर्सिङ क्याम्पसमा मतदान सुरु भएकाे ।इन्जिनियरिङ क्याम्पसमा मुख्य गेटमा नेविसंघको एक पक्षले रिले अनसन सुरु गरेकाे छ ।सचिवकाे मनाेनयन गर्न नदिइ निर्वाचन गरेकाे भन्दै नेविसंघले हिजाे साँझ देखि आन्दोलन गरिरहेको छ । नेविसंघको अनसन जारी भएपनि क्याम्पसभित्र मतदान भैरहेकाे निर्वाचन समितिले जनाएको छ

जनप्रिय क्याम्पसमा  निर्वाचन स्थगित भएकाे छ (समाचारमा अन्यथा भएकाले सच्याएकाे छ।)

 

२२ औं अध्यक्ष बन्न ८ उम्मेदवार

पृथ्वीनारायण क्याम्पसको स्ववियुको २२ औं अध्यक्ष बन्न ८ जनाले आकांक्षा देखाएका छन् । आज हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा संघ/संगठन/प्यानल दर्ता भएका छन् ।

स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नविन अधिकारी, अखिल (छैठौ)बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्राज्ञिक विद्यार्थी परिषद नेपाल, अखिल (छैठौ), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत प्रा.डा रामचन्द्र पोखरेलले जानकारी दिए । पृथ्वीनारायण क्याम्पसमा ९ हजार २ सय ७० मतदाता छन् । आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भनिएपनि उम्मेदवारकाे नाम छुटेका कारण मतदान हुन सकेकाे छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...