पुलिस फाइनल नजिक, एभरेष्टको‌ दोस्रो जित

पाेखरा, जेठ १२ गते ।साविक विजेता नेपाल पुलिस क्लबले पोखरामा जारी नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार चौंथो जित निकालेको छ । पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ ।

पुलिसले आर्मीलाई २४–२६, २५–११, २५–१९, २१–२५ र १५–९ ले पराजित गर्यो । यो जितमा पुलिसले २ अंक जोड्यो । ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ । ५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो । तर आर्मी लिग चरणबाट बाहिरिएको छ ।

 

आर्मीले ४ खेलमा मात्र १ अंक बनाएको छ । आर्मीले एक खेल पनि जित्न सकेको छैन् । सहभागी ६ टोलीमा आर्मीसँगै कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ ।

 

पुलिस, टिप टप न्यु डायमण्ड स्पोर्टस, नेपाल एपिएफ क्लब र एभरेष्ट शीर्ष ४ मा छन् । बाँकी खेलबाट शीर्ष २ तथा त्यसपछि रहने दुई टोलीको टुंगो लाग्नेछ ।

 

आजै भएको पहिलो खेलमा एभरेष्टले जित हासिल गरेको छ । एभरेष्टले कर्णाली लाई ३–० को सोझो सेटमा हरायो ।

 

थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५–१४, २५–७, २५–२० ले पराजित गर्यो । न्यु डायमण्डको ९ तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ । पुरुषतर्फ आज पनि ४ खेल हुनेछ ।

 

नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।

 

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...