कालिदासको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थ विमोचन

पोखरा , जेठ । त्रिभुवन विश्वविद्यालयका निवृत उपप्राध्यापक कालिदास शर्मा तिमिल्सिनाको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थको विमोचन गरिएको छ ।
नेपाल नाट्यप्रतिष्ठान पोखरा, नेपालले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ग्रन्थको विमोचन गरेका हुन् ।

६७८ पृष्ठको सो ग्रन्थमा सर्जक पर्वत जिल्लाको मोदी गाउँपालिका ७ अन्र्तगत राम्जा देउराली घर भै हाल पोखरा चाउथे बस्दै आएका तिमिल्सिनाको आत्मकथा र आत्मबोध सगै तिमिल्सिनाको बारेमा परिवारजनका, स्वजनका, जन्मस्थानका साथीभाई र छिमेकी, नवजागृत मावि पर्वतका मित्रजन, महेन्द्रशिखरी मावी पर्वतका मित्रजन, भवानीकालिका मावि कास्कीका मित्रजन, नवीन मावि कास्कीका मित्रजन, पृथ्वीनारायण क्याम्पसमा कार्यरत एंव निवृत प्राध्यापक, कर्मचारी र विद्यार्थी, सामाजिक तथा राजनीतिक, अन्य क्षेत्रका सहकर्मी प्राध्यापक गरि विभिन्न १३ क्षेत्रका १७६ जनाको अनुभूति समेत समावेश गरिएको छ ।

 

राष्ट्रिय सभाका पूर्व अध्यक्ष तिमिल्सिनाले विगतबाट आज हुनलाई गरिएको विभिन्न सघर्ष र घट्नाक्रम ग्रन्थमा रहेकाले विगतको अध्य्यन गर्न चाहने नयाँ पुस्ताका लागि यो प्ररणाको स्रोत रहेको बताएका थिए ।

 

 

हालका नयाँ पुस्ताले विगतको जानकारी लिने नगरेका कारण समस्या भएको भन्दै तिमिल्सिनाले विगतमा के भयो र हालको अवस्था कसरी आयो नयाँ पुस्तालाई त्यसको अध्य्यन गर्न सुझाव समेत दिएका थिए । हाल एक दुई प्रतिशत नकारात्मक कुरा भएका होलान तर ९४÷९५ प्रतिशत राम्रा कुराहरु भएको दाबी गदै तिमिल्सिनाले हामीमा राम्रा गरिएका धेरै कुराहरु भन्दा पनि नराम्रा भएका र गरिएका सामान्य कुरालाई उचाल्ने र त्यसलाई बोकेर हिड्ने गरिएका कारण धेरै समस्याहरु आएको भनाई व्यक्त गरेका थिए ।

 

 

विगतमा राजाको पालाको शासनको समय कस्तो थियो भन्ने इतिहास नपढेकाहरु हाल राजाको पक्षमा उभिएको भन्दै तिमिल्सिनाले राजाको शासनको समयलाई कालो इतिहासको सज्ञा दिएका थिए । राजाको शासनको समयको कालो इतिहास नपढेका र जानकारी नलिएकाहरुले हाल राजा बोकेर हिडेको आरोप समेत पूर्व अध्यक्ष तिमिल्सिनाको थियो । विगतको कुरा जानकारी लिन र थाहा पाउन अध्य्यन सगै धैयता समेत आवश्यक रहेकोमा नयाँ पुस्ताले धैयता र अध्य्यन नगरि अमेरिका, यूरोप देख्ने गरेकाले समस्या भएको बताएका थिए ।

 

प्रकाशक धनेश्वरी पराजुली (तिमिल्सिना) ले समाज रुपान्तरणको सन्दर्भमा गरिएका शैक्षिक र सामाजिक गतिविधिहरुका बारेमा त्यस समयको प्रवृति, सोच र कामको प्रतिनिधिमूलक घट्नाहरुको उल्लेख ग्रन्थमा गरिएको बताईन । ग्रन्थमा लेखकले आफ्नो परिवेशको पारिवारिक र व्यक्तिगत अवस्था र आफनो शिक्षा, शैक्षिक सहभागिता र समाज रुपान्तरणका लागि गरिएका प्रयास र भोगाइका बारेमा अनुभव र अनुभूति सगै बर्तमान छिटोछिटो बदलिरहेको नेपाली समाज, त्यससँग जुधिरहेको नेपाली जीवन कसरी यस्तो भयो होला भन्ने विषय समेत ग्रन्थमा रहेको जानकारी दिईन ।

 

 

स्वार्थ समूहबाट सचेत रहँदै काममा संलग्न हुनुपर्ने सन्देश समेत ग्रन्थमा रहेको उनले सुनाईन ।सर्जक तिमिल्सिनाले ग्रन्थमा आफुले आफुमा परेका कुराहरु मात्र उल्लेख गरेको र आफुले गरेका कुराहरु कम मात्र उल्लेख गरेको बताएका थिए ।

 

 

ग्रन्थमा आफुले तत् तत् समयको परिवेशअनुसारका आफ्ना अनुभव र ज्ञानको विवरणात्मक वर्णन गरेको तिमिल्सिनाले बताए । समाजलाई अग्रगतिमा लैजान स्वार्थ र विभेदलाई त्याग गर्दै अन्याय विरुद्ध उभिनु आवश्यक रहेको भन्दै समाज रुपान्तरणको लागि काम गर्ने व्यक्तिले आफूलाई जस्तै कठिनाइ भए पनि काममा निरन्तरता दिनु नै सफलताको बाटो भएके भनाई उनको थियो ।

 

ग्रन्थको विमोचन पछि समालोचना गदै प्रा डा रामनाथ ओझाले तिमिल्सिनाले सिजना गरेको ग्रन्थ उनको व्यक्तिगत अनुभूति मात्र नभएर राष्ट्रिय राजनीतिको दस्तावेज समेत रहेको बताएका थिए । ग्रन्थमा नेपालको राजनीतिक इतिहासभित्रका पत्रैपत्रहरु एक अर्कोसित जोडिएर प्रस्तुत भएको बताए । सर्जकले एकातिर बुद्धिजीवीहरुका लागि चिन्तन–मनन र अनुसन्धान गर्ने सामग्रीको रुपमा र अर्कोतिर वर्तमान नेपालको राजनीतिक अनुहारमा देखिएको विद्रुपताको सजीव चित्रण ग्रन्थमा गरेको ओझाले बताए ।

 

नेपाल नाट्यप्रतिष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले सर्जकले “स्व” चेतनाको गहिरो सम्बन्ध वर्तमानसँग सम्बद्ध रहन्छ भन्ने वास्तविकतालाई उद्घाटन गरेको बताए । ग्रन्थ प्रतिपादन गरेर सर्जकले आफूलाई लगनशील अध्यता, विवेकशील द्रष्टा र धैर्यशील राजनीतिक कर्मीको रुपमा स्थापित गरेको बताउदै स्वचेतना, राजनीति चिन्तन र मानवतावादी विचारलाई अध्ययन मनन गर्न चाहने अध्यता, अनुसन्धाता, विचारक र साधारण विद्यार्थी सबैका लागि ग्रन्थ उपयोगी रहेको बताए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...