
चार वटा सीप तर्फ उत्कृष्ट उद्योगहरूलाई रु २५ हजार नगद र सम्मान पत्र प्रदान गरियो। सम्मानित हुनेमा होटल व्यवस्थापन तर्फ पोखराको टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, भवन निर्माण तर्फ जुम कन्स्ट्रक्सन, इलेक्ट्रिकल इञ्जिनियरिङ तर्फ वालिङ स्याङ्जाको समिर इलेक्ट्रिकल्स तथा अटोमोबाइल इञ्जिनियरिङ तर्फ पोखराकै अक्टोपस अटोमोबाइल प्रालि परे ।
कार्यक्रममा बोल्दै सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले स्वदेशी स्रोतमै आधारित यस्ता कार्यक्रमलाई मन्त्रालयले निरन्तरता दिने प्रतिबद्धता जनाए । स्विस सरकार विकास सहयोग परियोजनालाई धन्यवाद दिँदै मन्त्री थापाले परियोजनाको निरन्तर सहयोगको समेत अपेक्षा गरेका छन् । युवालाई उद्योगी बन्न प्रेरित गर्ने र त्यसै अनुरुप बजेटको समेत व्यवस्थापन गरिएको भनाई उनको छ ।