पोखरा १९ मा महिलाकाे शब भेटियो

पाेखरा,असार २६ गते ।पाेखरा महानगरपालिका वडा नम्बर १९ मा एक महिलाकाे शव फेला परेकाे छ ।

सार्दिखोला पुरन्चौर सिचाई आयोजना अन्तर्गत पोखरा १९ तल्लाकोट ठाटी खन्डमा अन्दाजी ३५ बर्षकी महिलाकाे मृत्य अबस्थामा शब फेला परेको हाे ।

 

शब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् ।शबकाे पहिचान हुन नसकेकाे पाेखरा १९ का वडा सदस्य विकास कुमार आचार्यले जानकारी दिनुभयाे ।

 

स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल गएकाे छ । महिलाकाे शब कुलोमा घाेप्टाे परेकाे अवस्थामा रहेकाे छ ।हत्या वा मृत्यु बारे प्रहरी अनुसन्धानबाट पत्ता लाग्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...