पोखरा, ३ साउन । नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार पोखरामा प्र्रशिक्षण कार्यक्रम गरेको छ ।नेपाली काँग्रेस र शुभेच्छुक संस्थाहरुको अन्तर सम्बन्ध तथा राष्ट्रियता र परराष्ट्र मामिलामा वीपी कोइराला विषयक प्रशिक्षणमा एक सय भन्दा बढीको सहभागिता रहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रशिक्षण शाखाका सल्लाहकार डा. भिमनाथ बराल र सदस्य कपिलमणी दाहालले सहजिकरण गर्नुभएको थियो ।नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य पशुपति शर्मा भट्टराइले गर्नुभएको थियो ।