लेखनाथ, साउन । पोखरा महानगरपालिका वडा नं– २९ ले आर्थीक वर्ष २०८१÷८२ मा लक्ष्य अनुसार कै राजश्व संकलन गर्न सफल भएको छ ।वडाले शुक्रवार आर्थीक वर्ष २०८१÷८२ को समिक्षा सहित राखेको सिप विकास तथा जनचेतना मुलक कार्यक्रममा वडाले झण्डै दुई करोड राजश्व संकलन गर्न सफल भएको तथाङक प्रस्तुत गरेको हो जुन गत आर्थीक वर्षको तुलनामा १० लाखले वढि हो ।
राजश्व शिर्षकका बिभिन्न ईकाइहरुबाट यस वर्ष एक करोड ९८लाख ७२ हजार नौ सय १८ रुपियाँ राजश्व संकलन गर्न सफल भएको हो । वडाले सवैभन्दा वढि भुमिकर÷मालपोतबाट ६२लाख ७२ हजार पाँच सय ५१,नक्सापास दस्तुरबाट ५० लाख चार सय ७३,सम्पतीकरबाट २१ लख पाँच हजार तिन सय ६२, वहालकारबाट १८ लाख ८३ हजार चार सय ६०, सिफारीस दस्तुरबाट १८ लाख ७७ हजार चार सय ७१ र ब्यवसाय करबाट १७ लाख ९८हजार छ सय ७० रुपियाँ उठाउन सफल भएको वडासचिव दुर्गा न्यौपानेले जानकारी दिएकी छन् ।
यसैगरि वडाले विनियोजन गरेको दुई करोड ९० लाखको वजेटमा सत प्रतिशत रकम खर्च गरेको छ भने जनसहभागीता जुटाएर शिक्षा,स्वास्थ्य,खेलकुद र कृषिका कार्यक्रमलाई प्रथामिकता दिएको वडाअध्यक्ष श्रीप्रसाद गुरुङले बताएका छन् ।वडाको विकासमा सवै क्षेत्रलाई समेट्ने गरि समान वितरणलाई प्रथामिकता दिदै अल्पकालिन,दिर्घकालिन र मध्यकालीन योजनाको काम भएको र जनतासँग सहकार्य गदै तिनै तहको सरकारसँग योजनाहरु पेश गरिएको वडाअध्यक्ष गुरुङको भनाई रहेको थियो ।
गत आथीैक वर्षका भएका कामको समिक्षा र आगामी दिनमा गर्न सकिने कामका बारेमा सुझाव संकलन गर्ने गरि राखिएको कार्यक्रममा जनप्रतिनीधि,कर्मचारी, राजनिती पाटीका प्रतिनिधी,आमा समुह तथा टोल विकास सस्थाका प्रतिनिधी लगाएत सरोकारवाला विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।