पोखरा, साउन ।जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका वडा नं।७ धारापानी स्थित जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं।९ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ७ घारिपाटन बस्ने वर्ष ३१ का रबि मिजार र पोखरा वडा नं। ७ घारिपाटन बस्ने वर्ष २० को भुपेन्द्र बि।क रहेका छन ।
कास्की पोखरा महानगरपालिका वडा नं।७ धारापानी स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं।७ धारापानी स्थितमा जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं।९ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं। ७ घारिपाटन बस्ने वर्ष ३१ का रबि मिजार र जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। ७ घारिपाटन बस्ने वर्ष २० को भुपेन्द्र बि।क।को घरकोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध ब्रुफिनर्फिन ४६ एम्पुल, डाईजापाम ४६ एम्पुल र फेनेरागन ४७ एम्पुल गरी जम्मा १३९ एम्पुल लागू औषध र १ थान मोवाईल बरामद भएको हुँदा निजहरुलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । उनीहरूलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दश म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाएको छ ।