पोखराको हर्पनमा तीज विशेष र खेलकुदका कार्यक्रम हुने

पोखरा । तीजको अवसरमा पोखरा–२३, हर्पनमा विशेष कार्यक्रम आयोजना हुने भएको छ । निलगगन विकास समाज, पोखरा–२३, हर्पन, कास्कीको आयोजनामा आगामी भदौ १० गते मंगलबार श्री जनसिद्ध आधारभूत विद्यालय परिसरमा तीज विशेष कार्यक्रम–२०८२ हुने कार्यक्रम तय भएको हो ।

कार्यक्रममा तीज गीत प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति रहने आयोजक संस्था निलगगन विकास समाजका अध्यक्ष वैकुण्ठ पौडेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा खुला तीज गीत प्रतियोगिता, फकल नृत्य, छेलो हान्ने, महिला लक्षित म्युजिकल चेयर र ३५ वर्षमाथिका खेलाडीबीच भलिबल प्रतियोगिता रहनेछ ।

खुला तीज गीत प्रतियोगितामा प्रथम हुनेले नगद रु. ५ हजार र दोस्रो हुनेले रु. ३ हजार पुरस्कार पाउनेछन् । त्यस्तै, छेलो हान्ने प्रतियोगितामा पहिलो हुनेलाई रु. १ हजार र दोस्रो हुनेलाई रु. ५ सय दिइनेछ । भलिबलतर्फ प्रथम हुनेले खसी/बोका, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेलाई बोका, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।

यसैगरी एकल नृत्य प्रतियोगिता र म्युजिकल चेयर (महिला) विजेताहरूलाई उत्कृष्ट पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रमलाई नमुना आमा समूह, श्री जनसिद्ध आधारभूत विद्यालयको सहकार्य तथा पोखरा महानगरपालिका वडा कार्यालय–२३ को सहयोग रहनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...