पोखरा ।गत असार २२ गते देखि पोखरा महानगरपालिका, वडा नं. ३ नदीपुरमा महायोगी सिद्धवावा आध्याम्मिक प्रतिष्ठानद्वारा चर्तुमास यज्ञ अनुष्ठानको साथमा हिमालय सिद्ध महायोग ध्यान साधना सञ्चालन हुँदै आएको छ । सोे साधना अन्र्तगत हरेक दिन विहान ६ वजे दखि ८ वजेसम्म सिद्धमहायोग ध्यान साधना, दिनभर नवग्रह शान्ति, नाडी जाँच, आर्युवेदिक उपचारको साथै नवग्रह शान्नि तथा रुद्रीपुजा एवम् हरेक दिनको अपरान्ह ४ वजे देखि ६ वजेसम्म सिद्धमहायोगी सद्गुरुदेव स्वयम् सत्संग हुँदै आएको छ । चर्तमास यज्ञ अनुष्ठान अन्र्तगत श्रोह्र श्राद्धमा पित्री यज्ञ, दशैंको अवसरमा नवदुर्गा यज्ञ र दिपावलीको अवसरमा श्रीलक्ष्मी यज्ञ अनुष्ठान गर्ने तयारी रहेको छ । यसरी एकै ठाँउमा तीनै वटा महत्वपुर्ण यज्ञहरु विरलै हुने गरेको आयोजकको भनाई रहेको छ ।
शुक्रवार महायोगी सिद्धवावा आध्यात्मिक प्रतिष्ठान, पोखरा शाखाद्वरा हिमालयन ध्यान साधना केन्द्र नदीपुरमा आयोजित सञ्चारकर्मी भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । कार्यक्रममा कार्यक्रम संयोजक विश्व प्रकाश प्रसाईद्वारा प्रस्तुत विज्ञप्तीमा भौतिक विकाससंगै मानिसमा ह्रास हुँदै गई रहेको आध्यात्मिक चिन्तन, सनातन संस्कार र कर्मयोगी व्यवहारको कारण समाजमा दिगो शान्ति स्थापित हुन नसकेको भन्दै म को हुँ? र किन? भन्ने तत्ववोधको अभावमा चाहना र अपेक्षासंगै मानिसहरु भौतारिएको कारण मनमा शान्ति र तनमा सुख वोध हुन नसकेको वताइएको छ । यसै परिवेशमा समाजको हरेक सदस्यमा आफ्नो आत्मवोध गराउँदै आध्यात्मिक ज्ञानको माध्यमवाट सोच र आचरणमा शुद्धता, योगको माध्यमवाट शारिरिक तन्दुरुष्टि र संयोजित विकासको माध्यमवाट भौतिक आवश्यकताको परिपुर्तिको महान राष्ट्रिय अभियान लिएर अनन्तश्री विभूषित श्रीमज्जगद्गुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेव विगत दुई दशक देखि नेपाल र नेपालीको विचमा रहनु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिष्ठानद्वरा जारी विज्ञप्तीमा विश्वकै पवित्रभूमि, नेपालको पवित्र गण्डकी क्षेत्रमा अवस्थित यस पुण्यभूमि पोखरालाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गरी मुक्तिनाथ देखि देवघाटसम्मका सवै पवित्र धार्मिक स्थलको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै यस क्षेत्रको साथै देशकै राष्ट्रिय समृद्धिमा योगदान पु¥याउने सदगुरुदेवको साथमा हामी सवैको राष्ट्रप्रेमी संकल्प रहेको वताइएको छ ।
नेपालको पवित्र र सुन्दर दिव्य भूमि पोखरामा २०७२ सालमा विना अक्सिजन नौ÷नौ दिनसम्म वन्द वाकस भित्र संयौ वोरा माटोले पुरिएर समाधी ग्रहण गरी विज्ञानलाई चुनौती दिंदै आध्यात्मिक शक्तिलाई प्रमाणित गरिसक्नु भएका, महान सिद्ध पुरुषको पावन संकल्पमा हिमालयन सिद्धमहायोग ध्यान–साधना र शक्तिपात महादिक्षाको साथमा कुण्डलिनीशक्ति जागरण नै रोग–कष्ट निवारन, भगवानको परम मंगलमय नाम, अजपा, जप र अनहद नाद श्रवणद्वारा दिव्य भक्तिको प्रत्यक्ष अनुभव र ब्रह्मानन्दको रसास्वादन गराउने एउटै उपाय भएको वताइएको छ ।