पोखरा, भदौ । पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गरेकाे छ ।
संघको सचिवालय गैह्रापाटनबाट सुरु मौन ¥याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले बताउनुभयो । शान्ति ¥याली मौन रहेकाे थियोे ।र्याली महेन्द्रपुल, चिप्लेढुङगा,न्यराेड, सभागृहचाेक हुदै पृथ्वीचाेकमा पुगेर सम्पन्न भएकाे थियाे ।
आन्दोलनको क्रममा ठूलो जनधनको क्षति भएको छ । व्यावसायिक प्रतिष्ठानहरुमाथि भएको आक्रमणबाट अरबौं क्षति पुगेको छ । हामी पुनः उठ्नु छ तर शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन, आत्मबल बढ्दैन,शान्ति ¥याली यी दुवै कामका निम्ति हो,’अध्यक्ष कार्कीले भने ।