पोखराको तालबाराही मन्दिरमा कोजाग्रत मेला, दर्शनार्थीको भीड

पोखरा, असोज २० गते । नेपालीहरुको महान चाड बडादशैको अन्तिम दिन शनिबार कोजाग्रत पूर्णिको अवसरमा पोखराको फेवातालको विचमा रहेको प्रसिद्ध तिर्थस्तल तालबाराही मन्दिरमा कोजाग्रत पुर्णिमा मेला लाग्यो ।

हरेक वर्ष पर्यटकीय आकर्षण फेवातालको विचमा रहेको तालबराही मन्दिरमा कोजाग्रत पूर्णीमा मेला लाग्ने गर्दछ । मेलामा पोखरा र पोखरा आसपासका गाविसका बासिन्दा तथा नेपालका विभिन्न जिल्लाका भक्तजनहरुको मन्दिरमा भिड लागेको थियो ।

कास्की लगायत छिमेकी जिल्लाहरु स्याङजा,तनहुँ, पर्वत र लम्जुङ लगायत काठमाडौ चितवनका क्षेत्रबाट समेत भक्तजनहरु तालबाराहि मन्दिरमा पुजा गर्न आएका थिए ।भने यस वर्ष भारतीय पर्यटकको सहभागीता समेत उल्लेख्य रहेको थियो । फेवाताल वीचमा रहेको मन्दिरको दर्शन घुम्नका लागी पर्यटकहरु ललायित देखिन्थे ।

तालबाराही मन्दिरको दर्शन गर्नाले मनोकाङक्षा पुरा हुने मान्यता रहेकाले पुजा गर्न आएको पोखराकी अनिता तिमिल्सिनाले बताउनु भयो । आफनो मनको आकाङक्षा पुरा हुन्छ भन्ने मान्यता रहेकाले आफुले पनि पुजा गर्न आएको बताउनु भयो । विहानै पाँच बजेदेखि साँझ सम्म मन्दिरमा पुजा गर्नेहरुको भिड लागेको थियो ।ताल किनारामा लत्ताकपडा लगायत घरायाशी सामानहरु विक्रीका लागी राखिएका थिए ।

 

यसैविच दसैको टीका कोजाग्रत पूणिँर्मादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतहरूमा राखिएका जमरा आज बिसर्जन गएिको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...