पोखरा, मंसिर ७ गते ।पोखराको मासबारमा मिनरल वाटरमा अखाद्य बस्तु लेउ फेला परेको छ । पोखरा महानगरपालिका २५ हेम्जामा रहेको नेशनल कम्पनीले उत्पादन गरेको पानीको शिलबन्दी प्याक पानीको बोतलमा लेदो भेटिएको हो । पोखरा ७ मासबारमा कमल किरानामा बिक्रीका लागि खरिद गरिएको पानीको बोत्तभित्र लेउ फेला परेको हो । पसलका संचालक बसन्त गिरीले खुद्रा विक्रीका लागि १५ काटुन पानी खरिद गरेको र त्यस मध्य ९ काटुन विक्री भएको र बाँकी रहेको ६ काटुन मध्य केहीमा अखाद्य बस्तु भेटिएको बताए ।

उनले तीन दिनअघि ग्राहकलाई बिक्री गर्ने क्रममा अखाद्य वस्तु लेउ देखिएको र आफुले बिक्री नगरि कम्पनीमा फोन गरेको बताए । पसल संचालक गिरीले भने, तीन दिनसम्म फोन सम्पर्क गर्दा पनि नउठेका कारण बाध्य भएर पत्रकारलाई जानकारी गराएको बताए । पानीमा लेउ देखिएको र यसलाई फिर्ता गरेर अर्को ल्याउन आग्रह गर्ने भन्दै दुई दिनसम्म फोन गरे फोन उठेन उनले भने, बाध्य भएर मिडिया मार्फत जानकारी गराएको हुँ । व्यवसायी गिरीले एक दुई वटा बोत्तलमा मात्रै भएपनि भुलबस भयो भन्न हुन्थ्यो तर दुई तिन कार्टुनको बोत्तलमा अखाद्य बस्तु देखिएकाले गलत गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने लाग्यो ।
यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरामा जानकारी गराइएको थियो । कार्यालयका प्राविधिक सहायक स्वनन्द मल्लले यसको नमुना संकलन गरेर ल्यावमा टेष्ट गरेपछि मात्रेै प्रक्रिया अगाडी बढने बताइन् । आँखाल देख्न सकिने खालको रहेछ, नमुना संकलन गरेर लगेपछि प्रयोगशालामा प्रशिक्षण गरेपछि कानुनी प्रक्रिया अगाडी बढछ उनले भनिन, यो शिलबन्दी नै रहेकाले यसलाई सुरक्षित राख्न आग्रह गदै भोलि(सोमबार) नमुना संकलन गरिने बताइन । सम्पर्कका लागि उक्त बोटलमा राखिएका दुई नम्वर मध्य एउटामा फोनको घण्टी गएपनि उठ्दैन ।उक्त कम्पनीको पानीमा अन्य ठाँउमा पनि गुनासो आउने गरेको बताइएको छ ।
ृ