लायन्स क्लब युनिटी चौतारीको १०औँ अधिवेशन तथा चार्टर नाइट सम्पन्न

पोखरा । लायन्स क्लब अफ पोखरा युनिटी चौतारीको १०औँ अधिवेशन तथा १०औँ चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा क्लबको १० वर्षे यात्राको समीक्षा गर्दै नयाँ नेतृत्व चयन गरिएको थियो।

कार्यक्रममा बोल्दै क्लबकी चार्टर प्रेसिडेन्ट सरु गिरीले क्लब स्थापना गर्दादेखिको १० वर्षे यात्रालाई स्मरण गर्दै सदस्य, शुभेच्छुक तथा सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले स्थापना कालदेखि प्राप्त विश्वास, माया, सहयोग र साथले क्लबलाई निरन्तर समाजसेवामा सक्रिय बनाएको बताउनुभयो।

अधिवेशनबाट आगामी कार्यकालका लागि सम्भु थापा अध्यक्ष, सुमन विक्रम शाही उपाध्यक्ष, प्रतिमा गिरि सचिव तथा सन्देश थापा कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै गिरीले नयाँ नेतृत्वले क्लबलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

 

कार्यक्रमका प्रमुख अतिथि पूर्व डिस्ट्रिक्ट गभर्नर शुचिता थापा रहनुभएको थियो। उहाँले लायन्स अभियानलाई प्रभावकारी बनाउन नेतृत्व, सेवा भावना र सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

 

त्यसैगरी विशेष अतिथि तथा क्लबका अर्गनाइजर बसन्त गिरीलाई कार्यक्रममार्फत विशेष सम्मान गरिएको थियो। क्लब स्थापना र विकासमा उहाँले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै सहभागीहरूले आभार व्यक्त गरेका थिए।

 

कार्यक्रममा वक्ताहरूले लायन्स क्लब अफ पोखरा युनिटी चौतारीले विगत १० वर्षदेखि शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गरेका थिए। साथै आगामी दिनमा सेवा, मित्रता र नेतृत्वको भावनालाई अझ सशक्त बनाउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...