काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि कारबाही किन नगर्ने भनि स्ष्टीकरण सोध्ने भएकोछ।
शुक्रबार सकिएको स्थायी कमिटी बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि स्ष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य गाणेश साहले जानकारी दिए।
‘
प्रक्रिया पुर्याउन स्पष्टीकरण सोधिएको हो,’ साहले भने, ‘अब केन्द्रीय कमिटीले चाँडै निष्काशनको औपचारिक निर्णय गर्छ।’यसअघि प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टी अध्यक्षबाट मात्रै हटाएको थियो । महासचिव विष्णु पौडेललाई भने कुनै पनि कारबाही गरेको थिएन।
दुई दिनदेखी जारी स्थायी कमिटी बैठकले माघ १६ गते राजधानीमा विशाल जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ।