पोखरामा तीन जनाको मृत्यु

पोखरा, माघ १५ गते । पोखरामा तीन जनाको मृत्यु भएको छ । मृतक मध्य एक जना सडक छेउमा, एक जना पोखरीमा डुबेर र एक जना घर भत्काउने क्रममा बल्कको ढिस्कोले पुरिएर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी गतिविधि तथा घटनाहरू

कास्की  : मृत अवस्थामा फेला

मिति २०७७।१०।१५ गते, जिल्ला कास्की पोखरा महानगरपालिका-१३ आर्वा अमलचौर स्थित सडक छेउमा ऐ. बस्ने वर्ष ५५को दधिराम परियार मृत अवस्थामा छ भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

 

कास्की : मृत अवस्थामा फेला

मिति २०७७।१०।१५ गते, जिल्ला कास्की पोखरा महानगरपालिका-२४ कास्कीकोट स्थित वडा कार्यालय अगाडी रहेको पोखरीमा पोखरा महानगरपालिका २८ बस्ने वर्ष २८को विश्वरञ्जन तिमिल्सिना घोप्टो अवस्थामा तैरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

 

कास्की : घर भत्काउने क्रममा च्यापीई मृत्यु

मिति २०७७।१०।१५ गते, जिल्ला कास्की पोखरा महानगरपालिका-१५ पट्नेरी स्थित तारा थापा मगरको १ तले ब्लकले बनेको कच्ची घर भत्काउने क्रममा अचानक ब्लकको ढिस्को खस्न जाँदा सोही घर भत्काउने ज्यामी काम गर्ने ऐ.बस्ने वर्ष ४२को गोपी आचार्य घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएकोमा डाक्टरले चेकजाँज गर्ने क्रममा मृत घोषणा गरेको, भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...