पोखरा ३२ मा छोराले गरे बाबुको हत्या

पोखरा, फागुन ११ गते । पोखरामा आफनै छोराले बाबुको हत्या गरेको कास्की प्रहरीेले जनाएको छ ।

कास्की प्रहरीले दिएको जानकारी अनुसार सोमबार राती दश बजे पोखरा महानगरपालिका–३२ महकुना बस्ने बर्ष ५८ को जुम बहादुर कामीको घरको भर्‍याङबाट लडी मृत्यु भएको भन्ने जानकारी प्राप्त भएको र जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट प्रहरी अधिकृत समेतको अनुसन्धान टोली खटिएको थियो ।

 

टोलीले घटनाको विषयमा बुझ्दा फागुन ९ गतेको राती मृतकको बाबु छोरा बिच बिवाद भई झगडा हुँदा मृतकको छोरा बर्ष ३४ को रामकृष्ण कामीले चारपाटे काठको अग्लोले प्रहार गर्दा मृत्यु भएको खुलेको कास्की प्रहरीले जनाएको छ । रामकृष्ण कामीलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

 

आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

मिति २०७७।११।१० गते अन्दाजी १०:०० बजेको समयमा जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ३ पाउँदुरकोट स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३२ महकुना बस्ने बर्ष ५८ को जुम बहादुर कामीको घरको भर्‍याङबाट लडी मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ यस जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट प्रहरी अधिकृत समेतको अनुसन्धान टोली खटिई गई घटनाको विषयमा बुझ्दै जाँदा मिति २०७७।११।०९ गतेको राती मृतकको बाबु छोरा बिच बिवाद भई झगडा हुँदा मृतकको छोरा बर्ष ३४ को रामकृष्ण कामीले चारपाटे काठको अग्लोले प्रहार गर्दा मृत्यु भएको खुल्न आएको हुँदा निज प्रतिवादी रामकृष्ण कामीलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

पक्राउ व्यक्तिको विवरण :-

नामथर:- रामकृष्ण कामी

वतन:- जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ३ पाउँदुरकोट

स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.३२ महकुना

उमेर:- ३४ बर्ष

पक्राउ मिति:- २०७७।११।१० गते ।

पक्राउ स्थान:- जिल्ला कास्की पोखरा म.न.पा. वडा नं- ३२ महकुना

 

बरामद सामान :

रगत जस्तो रातो पदार्थ लागेको काठको चारपाटे अग्लो (ढोका लगाउन प्रयोग

हुने काठ)

 

 

 

 

 

नोट :-  निजलाई कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरी सम्मानित कास्की जिल्ला अदालतबाट दिन (१०) दश म्याद थप गरी  अनुसन्धान भईहेको ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...