‘बिटी कप’ ः कमलपोखरी, एम टुवेल, चाउथे र आयोजक अन्तिम चारमा

पोखरा, फागुन २१ गते ।पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा आयोजक सेतो, कमलपोखरी एफसी, चाउथे क्लब र एम टुवेल सेमिफाईनलमा प्रवेश गरेको छ ।

अन्तिम चारका सबै खेल र फाईनल खेल शनिबार पोखरा महानरपालिका १ स्थित पुरानो टुडिखेलमा सम्पन्न हुने खेल संयोजक निकेश गुरुङले बताए । उनका अनुसार शनिबार विहान ८ बजे आयोजक सेतो र कमलपोखरी एफसी बिच हुनेछ । भने दोस्रो सेमिफाईनल खेल चाउथे र एम टुवेल बिच हुनेछ । र फाईनल खेल दिउसो १ बजे सञ्चालन हुनेछ ।

आज (शुक्रबार) भएको पहिलो क्वाटरफाईनल खेलमा सत्य युवा क्लब बाझापाटनमाथी एम टुवेलले ४–१ गोल अन्तरले सहज जीत निकाल्यो । एम टुवेलको जीतमा मनिस क्षेत्रीले २ गोल गरे भने अविनाश तामाङ र सरोज तामाङले समान १ गोलको योगदान दिए । बाझापाटनको तर्फबाट अजय श्रेष्ठले सान्त्वना १ गोल फर्काएका थिए । सो खेलबाट एम टुवेलका मनिस क्षेत्री म्यान अफ द म्याचबाट पुरस्कृत बने ।

दोस्रो खेलमा बाझापाटन टिम बिलाई कमलपोखरीले २–१ गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गर्याे । कमलपोखरीको जीतमा अनिल आले र सचेत गुरुङले समान १ गोलको योगदान दिए भने । बाझापाटन टिम बिको तर्फबाट विक्रम मल्लले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट अनिल आले म्यान अफ द म्याचको पुरस्कार प्राप्त गरे ।

तेस्रो खेलमा आयोजक सेतोले र मालेपाटनमाथी १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै कमलपोखरी सँग सेमिफाईनलमा भेट पक्का गर्याे ।

आयोजकको जीतमा पाहुना खेलाडी क्षितिज जिटीले निर्णायक गोल गरे र म्यान अफ द म्याच घोषित भए ।

अन्तिम क्वाटरफाईनल खेलमा नयांगल्ली एफसीलाई चाउथे एफसीले २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलका लागि एम टुवेलको निम्तो पायो । चाउथेको जीतमा रोशन नेपाली र मिन गुरुङले समान १ गोलको योगदान दिए । भने उक्त खेलबाट चाउथेका डिफेण्डर विशान गुरुङ म्यान अफ द म्याच बने ।

कुल ४२ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ प्राप्त गर्नेछ । भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ प्रदान गरिने प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।

उनले प्रतियोगितामा विधागत पुरस्कारको व्यवस्था गरेको बताउदै उत्कृष्ट खेलाडीलाई ५ हजारद्वारा पुरस्कृत गरिने बताए । त्यस्तै उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र हाई स्कोररलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिनेछ । साथै अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...