सरकार बनाउन अस्विकार गरी काँग्रेसले नयाँ चुनावको बाटो खोलिदिनु : थापा

पोखरा, फागुन २३ गते । राष्टिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्चको निर्णयले प्र्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेको बताउनुभएको छ । उहाँले सामाजि सञ्जाल फेसबुकमा लेख्दै काँग्रेसलाई सरकार अस्विकार गर्न आग्रह गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, नेकपा सम्वन्धि सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब प्रधानमन्त्रीले संसदमा बिश्वासको मत लिनुपर्छ वा राजिनामा दिनुपर्छ भन्नुभएको छ ।

थापाले यस अवस्थामा अपवित्र गठवन्धन बनाएर सरकार बनाउन अस्विकार गरी काँग्रेसले नयाँ चुनावको बाटो खोलिदिनु पर्ने समेत बताउनुभएको छ । निवेदकको मागमा मात्र सिमित नरही ‘न्यायिक सक्रियता’को आधारमा सर्वोच्च अदालतले विद्यमान राजनीतिक संकट र गतिरोध अन्त्यको बाटो देखाईदिएको छ। अब सत्ताको फोहरी खेलमा नलागी ताजा जनादेशमा जानु आवश्यक छ। नेपाली कंग्रेस निर्णायक स्थानमा छउहाँले भन्नुभएको छ, अपवित्र गठवन्धन बनाई सत्ताभोग गर्ने वा नयाँ चुनावमा जाने। ताजा जनादेश विना कंग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन वा अरुलाई सरकार बनाउन सहयोग नगर्ने हो भने संविधानको धारा ७६(७) बमोजिम स्वतस्त्र नयाँ चुनावमा जाने अवस्था बन्छ भन्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...