सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा गिरी निवार्चित

पोखरा, फागुन २७ गते ।सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय अध्यक्षमा अर्जुन गिरी निर्वािचत हुनुभएको छ । काठमाण्डौमा सम्पन्न सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी कपिलदेव खनालले १४ मत मात्र प्राप्त गर्नुभयो । निर्वाचनमा १ सय ७८ मत खसेको थियो । यसअघिका वरिष्ठ उपाध्यक्ष गिरी दाङस्थित रेडियो तुलसीपुरका स्टेशन म्यानेजर हुनुहुन्छ ।

अरु सबै पदमा निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सातौं अधिवेशनबाट केन्द्रिय सदस्य र प्रदेश कमिटी पनि निर्विरोध चुनिएका छन् ।

 

त्यस्तै गण्डकी प्रदेशबाट गणेश श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा सितल शर्मा, सचिव रोशन तिवारी, कोषाध्यक्ष शेखर थापा, सदस्यहरू हरिशरण पण्डित, शिबकुमार श्रेष्ठ र घनश्याम गौतम निर्वाचित हुनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...