काठमाडौं, फागुन २७ गते । नेपालमा कोरोना भाइरसका ९७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै याे सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको जनाउनुभयाे ।
पछिल्लो चौबीस घण्टामा ६६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ११६ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २२ लाख सात हजार ९२२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हाल ९४२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५९ जना क्वारेन्टिनमा छन् । पछिल्लाे २४ घण्टामा पनि कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।