पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा आगो लागेपछि

पोखरा, चैत ४ गते । काठमाडौबाट पोखराका लागि उडेको अन्नपूर्ण एरलाइन्सको एएनएनए २०५ कलसाइन भएको जहाज दुवै इन्जिनिले काम गरेन् ।

 

पोखरा विमास्थलमा अवतरणको क्रममा इन्जिनले काम नगरेपछि आकस्मिक अवतरण ग¥यो । अवतरण गरेको केही समयपछि विमानमा आगलागी भयो । ठूलो मुस्लो सहित आगलागी भएपछि पोखरा विमानस्थलमा कोलाहार मच्चियो ।

विमानस्थलबाट आगो निभाउन दुई दमकल आगो निभाउन पुगे । आगो नियन्त्रणमा आएपछि नेपाली सेना, रेडक्रस लगायतको उद्धार टोली त्यहाँ पुगेर । घाइतेकहरुको उद्धार गरेर गम्भिर घाइेतहरुलाई उपचारका लागि पोखरामा मणिपाल शिक्षण अस्पताल पुयाई¥यो । विमानमा चालक दलका तीन सदस्य सहित २८ जना यात्रु बोकेको विमान दुर्घटना भएको हो ।

विमानस्थलबाट निस्केको आगोको मुस्लो, दमल, एम्वुलेन्स र सेना, प्रहरी र रेडक्रकर्मी सहितको उद्धार टोलीको दौडधुप देख्दा सबैको ध्यान खिच्यो । पोखरा विमानस्थलमा ठूलै दुर्घटना भयो । तर त्यो वास्तविक नभई काल्पनीक थियो । गण्डकी प्रदेश आन्तरिक मार्मिला तथा कानून मन्त्रालयले विपद् उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गरेको हो । साँझ चार बजेपछि पोखरा विमानस्थलमा नमूनाको रुपमा जहाज दुर्घटना गराइएको थियो ।

त्यसपछि जहाजमा आगलागी भयो । आगो निभाउनका लागि दमकलको सहारा लिइयो ।त्यस्तै घाइतेको उपचारका लागि एम्बुलेन्स पनि गुड्े । यी सवै घटना नमूनाको रुपमा प्रस्तुत गरियो ।आपतकालीन उद्धारको अभ्यास हुँदैछ भनेर थाहा नपाउनेहरुलाई विमानस्थलमा कतै दुर्घटना नै भएको हो कि भन्ने पर्नसक्छ भन्दै मन्त्रालयले सार्वजीनक सुचना नै जारी गरेको थियो । अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु खटिनुभएको थियो । तीन दिने विपद् व्यवस्थापन तालिमको अन्तिम दिन आज उद्धार अभ्यास गरिएको हो गण्डकी प्रदेश आन्तरीक मार्मिला मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो । उद्घार अभ्याससँगै विपद् उद्घारकर्मीको क्षमता विकास तालिमको समापन गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...