गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा छ र उपकुलपतिमा तीन जनाको दरखास्त

सदस्यसचिवमा मनकुमार श्रेष्ठको मात्रै दरखास्त

पोखरा, चैत ४ गते । गण्डकी प्रदेश प्रजा प्रतिष्ठानको कुलपतिमा छ जनाको दरखास्त परेको छ । प्रतिष्ठानका लागि दरखास्त दिने बुधबार अन्तिम मिति हो । बुधबार सम्म छ जनाले दरखास्त दिएका हुन् । दरखास्त हाल्नेहरुमा रमेश श्रेष्ठ, पुरुषोत्तम न्यौपाने, सुर्य खड्का बिखर्ची, माधब बियोगी र दुर्गा बहादुर शाह ‘बाबा’ र लोकबहादुर थापा हुनुहुन्छ ।


कविता र चित्रकला विधाका श्रेष्ठले नेपाल प्रज्ञा प्रतिष्ठानको ललित कला बिभागमा रहेर काम गरिसक्नुभएको । पृथ्वीनारायण नारायण क्याम्पस पुर्ब प्राध्यापक समेत रहेका बिखर्ची प्रज्ञा प्रतिष्ठान नेपालका प्राज्ञ सभा सदस्य समेत हुनुहुन्छ । गायन बिधाका न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय अध्यक्ष भैसक्नुभएको छ । यस्तै साहित्य बिधाका बियोगी जनप्रिय क्याम्पसका पुर्ब प्रमुख हुनुहुन्छ । त्यस्तै, नेपाल राष्ट्र बैकका उपनिर्देशक भइसक्नु भएका बाबा पनि साहित्यकार हुनुहुन्छ । संगीत क्षेत्रका लोकबाहदुर थापाले पनि कुलपतिमा निवदेन दिनुभएको छ । यस्तै उपकुलपतिमा तीन जनाले दरखास्त हाल्नुभएको छ । दरखास्त दिनुहुनेमा बि.बी अनुरागी, प्रकट पंगेनी र गोरे गुरुंग हुनुहुन्छ ।

त्यस्तै प्रतिष्ठानको सदस्य सचिवमा एक जनाको मात्रै दरखास्त परेको छ । मनकुमार श्रेष्ठको मात्रै दरखास्त परेको हो । सदस्यसचिवमा श्रेष्ठको मात्रै दरखास्त परेपछि उहाँनै हुने पक्कापक्की भएको छ । श्रेष्ठ जन सांस्कृतिक महासंघका गण्डकी अध्यक्ष हुनुहुन्छ भने पोखरामा कला र संस्कृतिको क्षेत्रमा क्रियाशील ब्यक्ति हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...