काठमाडाैं, चैत ९ गते । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो ।
भारतमा कोरोना भाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने जाेखिम उच्च रहेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो । छिमेकी देश भारतमा केही हप्तादेखि काेराेना भाइरसकाे संक्रमण बढेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने बताउएकाे छ ।
मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजरलगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । यस्तै, सामाजिक (भाैतिक ) दूरी प्रयाेग गर्न र अनिवार्य रूपमा मास्क प्रयाेग गर्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले प्रकाशित गर्नुभएकाे प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।