पोखरा, चैत ११ गते । पोखरामा आजदेखि तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता शुरु हुँदैछ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि चैत १४ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकहरुले जनाएका छन् । प्रतियोगिताको दिउँसो १ बजे गण्डकी प्रदेशका आर्थिका मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने आयोजक मध्येका एक सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ टिमले सहभागिता जनाउँदैछन् । उद्घाटनका दिन भोलि बुधबार छात्रतर्फका १२ खेल हुने जनाइएको छ । खेल विहान ९ बजेदेखि नै हुने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । आयोजकका अनुसार उद्घाटनका दिन भोलि छात्रतर्फको पोल ‘ए’ साइडतर्फ मेश्रम वराह मावि घान्द्रुकले ईन्द्र राज्यलक्ष्मी माविसँग, गोगन माविले भद्रकाली माविसँग, शान्ता माविले कालिका माविसँग र गौरीशंकर मणिकलाल माविले महेन्द्र माविसँग प्रतिष्पर्धा गर्नेछन् ।
यसैगरी, पोल ‘बि’ तर्फ छोरेपाटन माविले नवीन माविसँग, कालिका माविले अमरसिंह माविसँग, सिद्धवराह मावि ठूलाखेतले जनप्रिय मावि सिमलचौरसँग र निश्पक्ष माविले शान्ता माविसँग प्रतिष्पर्धा गर्नेछन् ।
त्यस्तै बुधबार नै मेश्रम वराह मावि घान्द्रुक र ईन्द्र राज्यलक्ष्मी मावि बिचको बिजेताले राष्ट्रिय मावि टुँडिखेल पोखरासँग, गौरीशंकर माणिकलाल मावि र महेन्द्र मावि बिचको बिजेताले वराह मावि भेंडाबारीसँग प्रतिष्पर्धा गर्नेछ । यसैगरी भोलि नै छोरेपाटन मावि र नवीन मावि बिचको बिजेताले कालिका माविसँग तथा निश्पक्ष मावि र शान्ता मावि बिचको बिजेताले वाराही मावि मालेपाटनसँग प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत दोश्रो दिन छात्रतर्फका क्वाटरफाइनलका खेलहरु सञ्चालन हुनेछन् भने छात्रातर्फको पहिलो चरणका खेलहरु हुनेछन् । पहिलो चरणमा छात्रातर्फ वराह मावि भेंडाबारीले सिद्ध वराह माविसँग, ईन्द्र राज्यलक्ष्मी माविले अमरसिंह माविसँग, भद्रकाली माविले कालिका माविसँग र राष्ट्रिय माविले शान्ता माविसँग प्रतिष्पर्धा गर्नेछ । सोहि दिन क्वाटरफाइनल खेल अन्तर्गत वराह मावि भेंडाबारी र सिद्ध वराह मावि बीचको बिजेताले जनप्रिय मावि सिमलचौरसँग प्रतिष्पर्धा गर्नेछ भने भद्रकाली मावि र कालिका मावि बिचको बिजेताले छोरोपटन माविसँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै, राष्ट्रिय मावि र शान्ता मावि बिचको बिजेताले तालवराही माविसँग सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगिताको उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई ७०÷७० हजार, उपबिजेतालाई ३५÷३५ हजार र तृतीय हुने विद्यालयलाई २०÷२० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई १÷१ थान भलिबल प्रदान गरिने सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।