पोखरामा भीडभाड बढ्यो, सुरक्षा मापदण्ड पालना भएन्

पोखरा, असोज १४ गते । कोभिड–१९ को जोखिमबीच पोखरामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको छ ।

बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि मानिसको आवागमनसमेत बढेको छ । सवारी भित्रिने क्रम बढेकाले मानिसको चहलपहलमा वृद्धि भएको छ । मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम बढेको छ ।बजारमा मानिसका आवागतम बढेका छन् तर सुरक्षाका मापदण्ड भने पालना भएका छैनन् । जसले गर्दा संक्रमण त्रास बढेको छ । भीडभाड र सङ्क्रमण दर बढेको छ ।

उसरकारले सार्वजनिक सवारी साधनमा आधा यात्रु राख्न निर्देशन दिएपछि त्यो पालना भएको छैन । सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको छ । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सवारी चलाउन भनिएको छ । सबै सवारीले पूर्णरुपमा आदेश लागू गरेका छैनन् । त्यसकारण पनि भीडभाड बढेको हो ।

 

 भीडभाड रोक्न विशेष व्यवस्था गर्नुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ । त्यसका लागि पहिलो शर्त भनेको भीडभाड रोक्नु, भौतिक दूरी कायम गराउनु र स्वास्थ्यमापदण्ड पूर्णरुपमा लागू गराउनु नै हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...