खेलाडी संघद्धारा पोखरा रंगशाला सरसफाई

पोखरा, असोज २४ गते । विश्वब्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलियो । नेपाल सरकारले गत वर्षको चैत ११ गतेबाट लकडाउन घोषणा ग¥यो । कोरोना भाइरसको संक्रमणले सबै क्षेत्र प्रभावित बन्यो । खेल गतिविधि ठप्प भए । सात महिना भयो अझै खेल गतिविधि सञ्चालन खुल्ला गरिएको छैन् ।

देशभरका रंगशालाका गेटमा ताल लागे । खेलकुदका सवै गतिविधि बन्द भए । सरकारको निर्देशन अनुसार पोखरा रंशालामा पनि खेलकुद गतिविधिमा बन्देज लगाइयो । खेल गतिविधि सञ्चालन नभपछि मैदानमा समेत घाँस पलाएको छ । रंगशाला उम्रेका घाँसले कुरुप बन्यो । पोखरा रगंशालामा १३ औ सागका लागि थुप्रै भौतिक पूर्वाधार निर्माण भए । साग लगत्तै कोरानो भाइरसकोक संक्रमण फैलियो ।

त्यहाँ बनेका भौतिक संरचनाको संरक्षण चुनौतीपूर्ण बनेको छ । शनिबार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघको आयोजनमा पोखरा रंगशाला हातामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । हामी सफा गछौँ हाम्रो रंगशाला भन्ने नारा सहित खेलाडी संघको आयोजनामा सरसफाई गरिएको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले जानकारी दिनुभयो ।

धेरै लामो समय रंगशालाा खेल गतिविधि नहुदाँ घाँसले उम्रेर र नराम्रो देखिएकाले खेलाडीहरु मिलेर सफा ग¥यौ । सरसफाई कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले उद्घाटन गर्नुभयो । उहाँले खेलाडीहरुले रचनात्मक कार्य गरेको भन्दै यसबाट सवैले सिक्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...