उपचारका क्रममा मृत्यु

पोखरा, असोज २६ गते । स्याङजा पुतलीबजार नगरपालिका १ की मनकुमारी नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । नेपाल टेलीकमको कम्पाउण्ड नजिक बस्ने वर्ष अंन्दाजी ३५ की नेपाली घाईते अवस्थामा फेला परि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई जानकारी हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली पुगेको र महिलालाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल स्याङजा पठाईएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...