गजलकार स्व.पगेनीको शालिक अनावरण

देउराली/असोज २४/गजलकार स्वर्गिय प्रकट पगेनी शिवको अर्धकदको शालिक शनिबार एक कार्यक्रमका विच अनाबरण गरिएको छ ।


कास्कीको देउराली स्थित ठुलो बन पाखाको हरित पार्कमा पगेनीको शालिकको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अनावरण गर्नु भएको हो ।

 

शालिक अनाबरण गर्दै, पालिका अध्यक्ष ओझाले गजलकार पगेनीको नेपाली साहित्यको क्षेत्रमा बहुविधामा योगदान रहेको उल्लेख गर्नु भयो । पालिका अध्यक्ष ओझाले स्व. पगेनीले पछिल्लो समय रचना गर्नुभएका श्रृंगारिक रसका गजल चर्चामा रहेको उल्लेख गर्दै, गित र मुक्तकमा पनि अब्बल रहेको बताउनु भयो ।

 

प्रकट पगेनी शिव स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीको अध्यक्षतामा भएको शालिक अनावरण कार्यक्रममा रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, रुपा वाङमय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेल, साहित्यकार कृष्ण मरासिनी, शकुन्तला पगेनी, झलक कुमार गुरुङ, नारायणराज घिमिरे, रामलाल श्रेष्ठ, माधव वियोगी, प्रतिष्ठानका सचिव प्रज्वल शर्मा पगेनी, प्रतिष्ठानका शिव त्रिपाठी लगायतले स्वर्गिय पगेनीका बहुआयामिक क्षेत्रको चर्चा गर्नु भएको थियो ।

 

शालिक दुई लाख ८७ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले बताउनु भयो निर्माणका लागि रुपा गाउँपालिकाको दुई लाख र विभिन्न दाताहरुबाट ८७ हजार रुपैया जुटाईएको थियो । कार्यक्रममा स्व. पगेनीले रचना गर्नु भएको गजल, मुक्तक र गित प्रस्तुत गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...