डिसहोमद्धारा पानी टंकी सहयोग

लेखनाथ, असोज २६ असोज । विश्व ब्यापी रुपमा फैलियेको कोरोना भाईरस नियन्त्रणको प्रयास सहयोग पुग्ने उद्देश्यले डिसहोमले भिडभाड हुने पोखरामा विभिन्न ठाँउमा पानी टंकी सहयोग गरेको छ ।

सर्वसाधारणका लागी सहज हुने र बेला बेलामा सावुन पानीले हात धुनु पर्छ भन्ने शन्देस दिने हेतुले कम्पनीले विभिन्न समुदायका सामाजिक सस्था,आमा समूह,टोल बिकास सस्था, महिला समूह,बिद्यालय ब्यवस्थापन समिति तथा मन्दिर ब्यबस्थापन समितिको संरक्षकत्व रहने गरि पोखरा देखि लेखनाथका मुख्य भिडभाड हुने ५० स्थानमा पानी टंकी सहयोग गरिएको हो ।

कोरोना नियन्त्रणको प्रमुख प्रकिया भनेको माक्स,सामाजिक दुरि र हात धुने कार्य भएको भन्दै डिसहोम पोखराका डिलर संचालक अम्विका महोन भटराईले कम्पनीले ल्याएको हात धुने अभियानले समाजमा सकरात्मक सन्देश दिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास दिलाउनु भएको थियो ।

मिचि मिचि हात धुने बानीको विकास गराउन कम्पनीले ल्याएको अभियानमा स्थानिय सामाजीक संघ सस्थाको पनि सहयोग र सहकार्यले काम गर्न सहज भएको बताउदै भटराईले करिव चार लाखको लागतमा स्टायन, सावुन र ५० थान टंन्की बितरण गरिसकियो र अव समुदायका सक्रिय संघ सस्थाले माग गरेमा र आबस्यक भएका केही स्थानमा थप पानी टंकी राख्न सकिने उहाँको भनाई रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...