पोखरा,असोज २८ गते/पोखरा ।पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा भीरकोट- २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
२६ असोजमा अस्पताल भर्ना भएकी उनमा कोभिडसँगै थाइराइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।