चरक मेमोरियल र गण्डकी मेडिकल कलेजमा उपचाररत सहित ११ जनामा कोरोना पुष्टि

पोखरा, असोज २८ गते ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१८७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ११ जना नयाँ संक्रमितहरु पुष्टि भएका छन् ।

स्वास्थ्यकर्मी सहित नयाँ संक्रमित पुष्टि भएको हो । पोखरा महानगरपालिकाका २४ बर्षीय महिला चरक मेमोरियल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ भने बाँकी ९ जना सम्बन्धित अस्पतालमा उपचारका लागि आउनुभएको निर्देशनालयले जनाएको छ ।

संक्रतिमहरु बाग्लुङ २ का २३ बर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुनुहुन्छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छव्यहोरा अनुरोध छ ्र

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...