कोरोना संक्रमित बाग्लुङका एक पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु

पोखरा, असोज २८ गते । गण्डकीमा कोरोना संक्रमित एक जनाको ज्यान गएको छ । बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका २ का ७७ बर्षीय कोरोना संक्रमित पुरुषको बुधबार चरक मेमोरियल अस्पताल, पोखरामा दुखद निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

मृतक असोज २५ गते अस्पताल भर्ना हुनुभएको थियो । वहाँलाई कोभिड १९, मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको थियो बताइएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण बाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...