सांसद निरु पाललाई कोरोना संक्रमण, “कोरोना जितेर छिट्टै काममा फर्किनेछु”

पोखरा, असोज २८ गते । संघीय संसद महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई पनि कोरोना भएको जानकारी गराउनु भएको हो ।


उहाँले भन्नुभएको छ मलाई पनि कोरोनाले छोडेन कसरी लाग्यो थाहा भएन रुघाँखोकि हल्का जोरो सासफेर्न गाहे र जिउ मर्नेगरी दुखेपछि स्वाब दिदा पोजिटिभ देखियो तर म यतिछिट्टै हार खाँदिन म यतिछिटटै यो संसार बाट बिदा हुन्न अझ धेरै काम गर्न बाँकी छन् उहाँले भन्नुभएको छ, ‘बलात्कारीका लागी कडा कानुन बनाउन बाँकी नै छ, कञ्चनपुरका बिकाश निर्माणका धेरै काम बाँकीनै छन, समतामूलक समाज निर्माणको अभियान पुरा भयको छैन महिला समितिले मेरै नेतृत्वमा गर्नुपर्ने काम धेरै बाकिछन अझ मैले धेरै काम पुरा गर्नुपर्छ त्यसैले मलाई बिस्वास छ म कोरोना जितेर छिट्टै काममा फर्किनेछु ।’

एहाले आफना सुभचिन्तकलाई नआत्तिन समेत आग्रह गर्नुभएको छ । ‘मेरा शुभचिन्तक ज्युहरुलाई नआत्तिनुहोला भन्न चाहान्छु। साथै यो बिचमा मेरो सम्पर्कमा मसंग भेटहुनुभएका महानुभावहरुले सावधानी अपनाउनहुन बिनम्रतापुर्बक अनुरोध छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...