गण्डकीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, असोज २९ गते । गण्डकी प्रदेशमा थप नयाँ चार जना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा याग्दी जिल्ला, बेनी नगरपालिकाका २४ बर्षीय पुरुष र उहाँ नेपाल आर्मीमा कार्यरत हुनुहुन्छ । त्यस्तै बेनी नगरपालिकाका ४९ बर्षीय पुरुष र उहाँको स्थायी ठेगाना जलजला ३, पर्बत रहेको छ ।

रघुगंगा ५ का ४३ बर्षीय पुरुष गरि २ जना कोरोना संक्रमणको लक्षण सहित बेनी अस्पतालमा उपचारको लागि आउनुभएको बताइएको छ । मंगला १ का २८ बर्षीय महिला क्वारेन्टाइनमा बस्नुभएको छ भने सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सवैको क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५३०४ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...