कोरोना संक्रमणबाट मणिपालमा मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीको मृत्यु

पोखरा, असोज ३० गते ।गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिउसो एक विज्ञप्ति जारी गदै कोरोनाबाट बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका ७ का २५ बर्षीय पुरुषको बिहिबार राति ११ः३० बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

मृतक ब्यक्तिमा असोज २७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । मृतक सशत्र प्रहरी बल, मुस्ताङमा कार्यरत हुनुहुन्थ्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...