कार्यालय प्रमुखसहित १३ कर्मचारी र ८ जना लेखापढी ब्यवसायी पक्राउ

पर्सा, असोज ३० । जिल्ला मालपोत कार्यालय पर्सामा प्रशासनले छापा मारेको छ । लेखापढी व्यवसायीसहित बिहीबार राति अबेरसम्म कार्यालयमा बसेर अवैध काम भइरहेको सूचनाको आधारमा प्रशासनले मालपोत कार्यालयमा छापा मारेको हो ।

प्रशासनले बिहीबार राति पौने ९ बजे छापा मारी निमित्त प्रमुख सुमन कुमार झासहित १३ जना कर्मचारी र ८ जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय विर्ताको सहयोगमा नियन्त्रणमा लिइएका कर्मचारीहरुलाई बोलाएको समयमा हाजिर हुनेगरी छाडिएको छ ।

लेखापढी कानुन व्यवसायीहरुलाई भने अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको छ । लेखापढी व्यवसायीहरु धर्मेन्द्र साह, रमेश यादव, लेखमानकुमार यादव, वीरेन्द्रकुमार साह, राजेन्द्रप्रसाद चौधरी, विजय विक्रम साह, रवीभुषण प्रसाद पटेल वडा प्रहरी कार्यालय विर्ताको हिरासतमा रहेका छन ।

कार्यालयको निर्धारित समय सकिएपछि पनि बाहिरी व्यक्तिको उपस्थितिमा कार्यलयमा गैरकानुनी ढंगबाट अवैध काम भइरहेको सूचनाको आधारमा छापा मारिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार केही कागजातहरू नियन्त्रणमा लिइएको छ ।

प्रशासनको टोलीले रजिष्ट्रेसन फाँटको तीन वटा दराजमा राखिएको नगद १२ हजार २ दुई सय ५५ रुपैयाँ समेत बरामद गरेको छ । पैसा कच्याक कुच्चुक पारेर दजारमा राखिएको अवस्थामा भेटिएकोले सेवाग्राहीसँग घुस लिएको हुन सक्ने आशंका गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...