जनकपुरधाम, मङ्सिर १७ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभाबाट राजीनामा दिएका छन् ।मुख्यमन्त्री नियुक्त भएको २२औँ दिन प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका छन् ।

बुधबार विश्वासको मतका लागि बोलाइएको मधेश प्रदेश सभाको बैठकबाट विश्वास नपाउने निश्चित भएपछि मुख्यमन्त्री यादवले सभाको बैठकबाटै राजीनामा दिएका हुन । यादव कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशबमोजिम आज प्रदेशसभामा विश्वासको मतको कार्यसूची राखिएको थियो । तर, उनले सम्बोधन गर्न सुरू हुने बित्तिकै विपक्षी ७ दलका ७३ सांसद बाहिरिए ।