पोखरा, कात्तिक २ गते । गण्डकी प्रदेशमा नयाँ ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३४ जना संक्रमितहरु थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सक्रमति सबैजना कन्ट्याक्टटेसिगबा बाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको बताइएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७२४ पुगेको छ ।