पोखरा, कात्तिक ३ गते । गण्डकी प्रदेशमा फेरी ११ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिकाका २६ वषीय महिला प्रदेश जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा काम गर्ने ल्याब असिस्टेन्ट हुनुहुन्छ । अन्य संक्रमित सबैजना कन्ट्याकटेसिगबाट पहिचान हुनुभएको हो ।
सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७९७ पुगेको छ ।