पोखरामा एकै दिन थपिए १२८ जना कोरोना संक्रमित

पोखरा, कात्तिक ३ गते । पोखरामा पछिल्लो समय कोरोना संक्रण बढदो छ । भदौ दोश्रो सातादेखि पोखरामा संक्रमणको दर बढेको छ । पोखरा महानगरमा भिडभाड बढेसंगै कोरोना संक्रमणको जोखि बढेको छ ।

लामो र छोटो दुरीका सार्वजनीक यातायात सञ्चालनमा आएसंगै कोरोना भाइरस संक्रमणको दर ह्वत्तै बढेको छ । पोखरामा एकै दिनमा साँढे एक सयको हाराहारीमा संक्रमित पुष्टि भएका छन् । सोमबार पोखराका मात्रै १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । नेपालीहरुको चाड दशैसंगै बजारमा बढेको भिडभाडले संक्रमतिको संख्या बढदो क्रममा छ । सामाजिक दुरी र सुरक्षाका मापदण्डको पालना हुन नसक्दा संक्रमण दर बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...