पोखरा, कात्तिक ६ गते । पोखरा महानगरपालिकाका ३० सहित गण्डकी प्रदेशमा ३१ नयाँ संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३१ जना संक्रमित पुष्टि भएका हुन् ।
सबैजना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । पोखरा महानगरपालिका १०, ७ र १३ का २०, २१, २० बर्षका महिलाहरु अन्नपुर्ण अस्पताल पोखरामा कार्यरत स्टाफनर्स हुनुहुन्छ । संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएकोछ ।