पोखरा, कात्तिक ६ गते । कोरोना संक्रमणका कारण पोखराका एक पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका १२ का होम आईसोलेसनमा रहनुभएका ६७ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याउदै गर्दा बाटोमै निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।