गण्डकी प्रदेशमा थपिए १३ नयाँ संक्रमित

पोखरा, कात्तिक ६ गते । गण्डकी प्रदेशमा नयाँ १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाका २ जना महिला जिल्ला अस्पताल बेनीमा कार्यरत स्टाफनर्स रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

त्यस्तै मंगला गाउँपालिकाका ३ जना पुरुष सोहि पालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ भने पोखरा महानगरपालिकाका ७० बर्षीय पुरुष मणिपाल अस्पतालमा कार्यरत चिकित्सक हुनुहुन्छ रहेको निर्देशनालयले जनाएको छ ।

 

५ जना महिला ग्रीन पास्चर अस्पताल पोखरामा कार्यरत १ जना चिकित्सक, २ जना स्टाफनर्श र २ जना उपचाररत बिरामीहरु हुनुहुन्छ रहनुभएको छ । अन्य सबैजना कन्ट्याक्टट्रेसिङबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...