प्रदेश प्रहरी कार्यालय पोखरामा मौलो पूजा

पोखरा, कार्तिक ९ गते । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको महानवमीको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र अञ्चल सशस्त्र प्रहरी गुल्म पोखरामा मौलो पूजा सम्पन्न भएको छ

 

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले एक कार्यक्रमका बीच मौलामा पूजा गर्नुका साथै संकलप पूजा आरधाना समेत गर्नुभयो । उक्त अवसरमा उहाँले कुविन्डो तथा वलि पूजा साथै विभिन्न हातहतियारको समेत पूजा गर्नु भयो र प्रहरीको एक टुकुडीले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवं देवि देवताहरुलाई सलामी अर्पण समेत गरेको थियो ।

कार्यक्रममा विजया दशमीको शुभकामना व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले नेपाल प्रहरी संगठनका सदस्य एवं परिवारजनमा सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभएको छ । साथै उहाँले उक्त पूजाका बिभिन्न बिधामा कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बाधिदिनुका साथै नगद पुरस्कारले समेत पुरस्कृत गर्नु भएको छ ।


कार्यक्रम कै अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघिय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर के.सी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, लगायत सिनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरुद्वारा सयुंक्त रुपमा फुलपाती सहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...