दुई दिनमै आलु, प्याजको मुल्य प्रतिकिलो २० रुपैयाँ बढयो

पोखरा, कात्तिक ९ गते । पोखरा प्यासको मुल्यमा एक्कासी बृद्धि गरिएको छ । पोखराका आलु प्याज व्यवसायीले दुई दिन अगाडी होलसेलमा एक सय रुपैयाँमा विक्री हुने गरेको प्याज एक सय ६० रुपैयाँ पुगेको छ ।

खुद्रा मुल्य एक सय ३० रहेकोमा बढेर एक सय ७० रुपैयाँ पुगेको छ । पोखराका व्यवसायीले सरकारी कार्यालय बन्द भएपछि व्यवसायीले प्याजको मुल्यमा भारी मुल्य बुद्धि गरेका हुन् । त्यस्तै आलुको मुल्य समेत दुई दिनमै किलोमा २० रुपैयाँ बढेको छ । खुद्रा मुल्य ७५ रुपैयाँ रहेको आलुको मुल्य ९० रुपैयाँ पुगेको छ । व्यापारीले आलु प्याजको मुल्य बृद्धि गरेपछि उपभोक्ता मारमा परेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...